ओलीसँग वादविवादका क्रममा ढलेका थपलिया वीर अस्पताल भर्ना
सहयात्रा टिभी
काठमाडौँ । साउन १९, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।
पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।
भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।
वीर अस्पतालका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको हो ।

