दुई महिनामा ९७ परिवारले पाए जग्गाधनी पुर्जा

सहयात्रा टिभी

काठमाडौँ । साउन २०, भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई पुर्जा वितरण गरेको छ । २० जेठदेखि १६ साउनसम्म ९७ पुर्जा वितरण गरिएको हो ।

वितरण गरिएका पुर्जामा भूमिहीन दलितलाई ६, भूमिहीन सुकुमवासीलाई ५८, र अव्यवस्थित बसोबासीलाई ३३ पुर्जा वितरण गरिएको भूमि समस्या समाधान समितिले जानकारी गराएको छ ।

झापाको बुद्धशान्ति नगरपालिकाको ४ नम्बर वडा, अर्जुनधारा नगरपालिकाको ११ नम्बर वडा र कन्काई गाउँपालिकाको ४ नम्बर वडामा जग्गाधनी पुर्जा वितरण गरिएको छ । बर्दियास्थित बढैयाताल गाउँपालिकाकको वडा नम्बर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका २९ परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

चितवनको इच्छाकामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासीका ३४ परिवारलाई जग्गा पुर्जा दिइएको छ । हालसम्म वितरण गरिएको मध्ये एउटै पालिकामा सबैभन्दा बढी पुर्जा वितरण इच्छाकामना नगरपालिका रहेको छ ।

डडेलधुराको अजेयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गर्ने सात परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

 

प्रकाशित : 5 August, 2026

प्रतिक्रिया दिनुहोस्