राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने
सहयात्रा टिभी
काठमाडौँ । साउन २१, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालय सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण् गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
