हुम्लामा अवैध ५२ लाख बराबरको चिनियाँ मदिरा बरामद

सहयात्रा टिभी

काठमाडौँ । साउन २९, हुम्लामा प्रहरीले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। नाम्खा गाउँपालिका-२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ वटा कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर ४ हजार ६५६ बोतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ

लुकाइछिपाइ राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए। चिनियाँ अवैध मदिरा प्रतिबोतलको अनुमानित बजार दर ५०० सय र बडवाइजर बियरको ३५० मूल्य रहेको डिएसपी खडकाले बताए ।

बरमद गरिएको चिनियाँ मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले बताए।

 

प्रकाशित : 14 August, 2026

प्रतिक्रिया दिनुहोस्