काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

सहयात्रा टिभी

काठमाडौँ । भदौ ५, काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।

घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ । वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ ।

प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।

 

प्रकाशित : 21 August, 2026

प्रतिक्रिया दिनुहोस्