रसुवाका सीडीओ भन्छन्- राति ३ बजेदेखि एक्कासि बढेको भोटेकोशी बाढीको बहाब घट्दै गएको छ
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , रसुवाको भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको पाइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति ३ बजेयता भोटेकोशीमा बाढीको बहाब एक्कासि बढेको हो ।

उनले भने, ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।’ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशीमा पानीको बहाव बढेको जनाएको छ ।
बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङ नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ । महाशाखाले आज बिहान पौने ६ बजे सूचना अद्यावधिक गर्दै तत्काल ठूलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।
