ज्योति समूहले बाढीपीडतलाई प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुनस्स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।

