राष्ट्रपति पौडेलले आज साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका हुन् । उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए ।

त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए । भदौ १० गते गएको बाढी पहिरोका कारण रसुवा,नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको थियो ।

उक्त घटनामा परि हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ । ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन् । जलविद्युत आयोजनामा अझै धेरै जना हराइरहेका छन् ।

प्रकाशित : 7 September, 2026

प्रतिक्रिया दिनुहोस्