नेपालका लागि अमेरिकी दूतावासको कार्यवाहक राजदूतमा मेगन बोल्डिन
सहयात्रा टिभी
काठमाडौँ । भदौ २३, नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौँ आइपुगेकी छन्।
मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रूपमा काम गर्ने अमेरिकी दूतावासले फेसबुकमार्फत् जानकारी दिएको छ।
नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको मद्दतमाथि केन्द्रित हुँदै नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्यमा प्रतिकार्य र पुनर्लाभमा सहयोग गर्ने दूतावासले जनाएको छ।
मेगन ढाकास्थित अमेरिकी दूतावासबाट आएकी हुन्, जहाँ उनी सन् २०२४ को अगस्टदेखि नियोग उपप्रमुखका रूपमा कार्यरत छिन्।
वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी अनुभव छ।
जसमा युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा हासिल कार्य अनुभव पनि रहेको दूतावासको भनाइ छ।

