सिंहदरबारमा प्रतिनिधिसभाको बैठक सुरु
सहयात्रा टिभी
काठमाडौँ । भदौ २४, सिंहदरबारमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
बैठकको सुरुमा अहिले विभिन्न राजनीतिक दलका सांसद्हरूले आकस्मिक समयमा आफ्ना धारणा राखिरहेका छन्।
आकस्मिक समयपछि सांसद्हरुले शून्य समयमा आफ्ना धारणा राख्ने छन्।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
यसैगरी, कानुनमन्त्री गौतमले नै ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

