पुङ खोलाको बाटो खुलाउन श्रम संस्कृतिका केन्द्रीय सचिव सहित ३४ जना रसुवा प्रस्थान

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, श्रम संस्कृति पार्टीका ३४ जना श्रमदाताहरू केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा रसुवा प्रस्थान गरेका छन् ।

उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चा र खाद्यान्न बोकेर रसुवा प्रस्थान गरेका हुन् ।

‎रसुवाको पुङ खोला हिजोदेखि नै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङको टोली बाटो खुलाउनलाई सक्रिय रूपमा लागिरहेको छ ।

भोटेकोशीमा आएको बाढीका कारण भोटेकोशीको सहायक पुङ खोलामा रहेको बेलिब्रिज र सडक पूर्ण रूपमा तहसनहस भएको छ । हर्कको टोली यही ठाउँमा बाटो खुलाउन कस्सिएको छ ।
‎सचिव प्रसादले भने, ‘हामी आज नै रसुवा पुग्ने गरी हिँडिरहेका छौँ । त्यहाँ पुगेपछि बाटो खुलाउने कामले झनै तीव्रता पाउनेछ ।’

 

प्रकाशित : 9 September, 2026

प्रतिक्रिया दिनुहोस्