मोहन बस्नेतले गरे गगन थापा हुत्तिहार भएको टिप्पणी
सहयात्रा टिभी
काठमाडौँ । भदौ २४, नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापा हुत्तिहार भएको टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापा सरकारको भजन गाएर हिँडेको आरोप लगाए।
उनले भने, ‘गगन थापाजीले सरकारको भजन गाउने सिवाय अरू काम केही गरिरहेको छैन। यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन सक्छरु हुतीहाराहरू।
जेनजीहरूको घटनापछि सबभन्दा पहिला नेपालमा सभा गरेर विरोध गर्ने मान्छे यही समूहको कांग्रेस म हुँ। गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्यौँ, हाम्रा नेता मानेन, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ, जेनजी हो भन्दै हिँडेको नालायक हुतीहारा हुन्।’
उनले गगनले सरकारको भजन गाएर हिँड्नमा कुनै आश्चर्यको कुरा नभएको बताए। बिपी कोइरालाको जुत्ता गगन थापा लगाएको भनेर हावा कुरा गरेको टिप्पणी गरे।
उनले थपे, ‘बिपी कोइरालाको जुत्ता गगन थापाजीले लाएर हिँड्या छु भनेर भन्नुभयो। पत्याउनेले पत्याइदिनु पर्यो नि। व्यवहारमा हेर्ने हो भने ६ फुटको नेता हाम्रो बिपी कोइराला, ५ फुट ४ इन्चको गगनजीलाई त्यो जुत्ता मिल्छरु ठिक हुन्छ? हावा कुरा हो।’

