२०८३ साल असोज १ गते बिहीबारको राशिफल

सहयात्रा टिभी

काठमाडौँ । असोज १, २०८३ साल असोज १ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १७ तारिख। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। विश्वकर्मा पूजा, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य राम्रो छ । साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

मिथुन : आज सोचेर बोल्नुपर्ने दिन छ । व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवन भने सुखमय बित्नेछ। प्रेममा सफलता प्राप्त होला।

कर्कट : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। खर्च बढ्नेछ । सानो कुराले मन अशान्त बन्ने जोखिम छ। निराशा बढ्नेछ। साथीसँग विवाद नगरी सहकार्य गर्नु ठिक हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। पशुधनमा फाइदा छ । नयाँ संकटमा आफन्त र साथीबाट सहयोग मिल्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो होला। मनको कुरा नलुकाइ काम गर्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलोसँग दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : उत्तम दिन छ। आज गरेका काम सहजै बन्नेछन्। मन शान्त बन्नेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रको अध्ययनले सन्तुष्टि प्राप्त हुनेछ। समाज र राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

मकर : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। लगानी परिवारको तर्फबाट गर्दा फाइदा हुनेछ।

कुम्भ : शुभ दिन छ। नयाँ कामको अवसर मिल्नेछ । साथीभाइले साथ दिनेछन्। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। ठग सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काम सफल बन्नेछ।

प्रकाशित : 17 September, 2026

प्रतिक्रिया दिनुहोस्