सेयर बजार वृद्धिपछि कारोबार पनि बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । असोज १, बिहीबार सेयर बजार ११.९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो ।
आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे । लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे ।
आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घटेको छ । १६ कम्पनीको स्थिर रह्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे ।

