सरकारलाई जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सभामुखको सुझाव

सहयात्रा टिभी

काठमाडौँ । असोज १, सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

बिहीबारदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्दै उनले हदबन्दीसम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । मेला आगामी असोज ४ गतेसम्म चल्नेछ ।

घरजग्गाको क्षेत्रमा ५० वर्षसम्म पुनस्संशोधन गर्न नपर्ने गरी दिगो, नागरिकमैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको उनले बताए ।

सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले घरजग्गा व्यवसाय आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने, सिमेन्ट, छड, बैङ्क, बिमा, र पूर्वाधार निर्माणजस्ता कैयौँ क्षेत्रलाई जोड्ने प्रमुख आधार भएको बताए ।

उनले कम्पनीले बैङ्कबाट ऋण लिएर घर तथा घडेरी निर्माण गरे पनि स्वामित्व हस्तान्तरण ९पास० गर्न नपाउँदा विगत आठ वर्षदेखि व्यवसायीले ब्याज भार बेहोर्नुपरेको तर्क गरे ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा किन्न दिने र हदबन्दीका कारण बेच्न नदिने नीतिका कारण व्यवसायी मर्कामा परेको बताए ।

प्रकाशित : 17 September, 2026

प्रतिक्रिया दिनुहोस्