दैलेखको नारायणनगरपालिकामा निषेधाज्ञा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
दैलेख । झडपको स्थिति उत्पन्न भएपछि दैलेख प्रशासनले मंगलबार बेलुकी ७ देखि बुधवार बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । सोमबार कांग्रेस–एमाले कार्यकर्ताबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो । वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको भन्दै कांग्रेस आक्रोशित भएको छ । दुवै पार्टीका नेता कार्यकर्ताबीच थप झडप हुनसक्ने भयपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।