मनाङको हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो । बेपत्ता भएकाहरू सबै नेपाली हुन्। उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

 

प्रकाशित : 27 September, 2026

प्रतिक्रिया दिनुहोस्