आज यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । असोज १७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मधेस, कोशी र बागमती प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : 3 October, 2026

प्रतिक्रिया दिनुहोस्