सेयर बजार परिसूचकमा ११ अंकको वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । असोज २०, मंगलबार सेयर बजार परिसूचक नेप्से ११।९६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७८ अंकमा कायम भएको छ ।

कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३ अर्ब १३ करोडको भयो । आज १६९ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।
त्रिशूली जलविद्युतको मूल्य ५.११, सालपका विकास बैंकको ३.७७, हाथवे इन्भेस्टमेन्टको ३.६५, बुटवल पावरको ३.५७ तथा लिबर्टी इनर्जीको मूल्य ३.५० प्रतिशत बढ्यो ।
सर्वोत्तम पेन्ट्सको ४.९४, चिरख्वा हाइड्रोपावरको ३.०० उन्नति सहकार्य लघुवित्तको २.८४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।
