कांग्रेस महाधिवेशन वर्षाले प्रभावित
सहयात्रा टिभी
काठमाडौँ । असोज २१, नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।

पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो ।
निर्वाचनस्थल र बन्दसत्रस्थलमा भएका प्रतिनिधिहरु र समर्थकहरु वर्षाले तितरवितर भएका छन् ।
निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरेपछि केही समयअघि मात्रै दाबी विरोध सुरु भएको थियो भने बन्द सत्र अझै सुरु हुन सकेको छैन ।
आज बन्दसत्रबाट प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ । यसका साथै निर्वाचन प्रक्रिया पूरा गर्ने र बिहीबार हुने मतदानको तयारी गर्ने कार्यतालिका छन् ।
यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।
यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ ।
साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।
