रास्वपाको अनुशासन आयोगले खगेन्द्रको अडियो प्रकरणको छानबिन थाले
सहयात्रा टिभी
काठमाडौँ । असोज २७, रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए । ‘पार्टीको धारणा आइसकेको छ । अनुशासन आयोग चाहिँ स्वतन्त्र हो ।
उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताए । त्यसैले विषयको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने भट्टराईले बताए । ‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि निष्कर्ष दिन्छौं’ भट्टराईले भने ।
आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने उनले बताए । सुनार भने अहिले काठमाडौं बाहिर छन् ।
सांसद सुनारले एक महिलालाई अश्लिल गालीगलौच गरेको, धम्की दिएको अडियो सोमबार सार्वजनिक भएको थियो ।
सांसद सुनारको यो अडियोलाई संसदीय दलले पनि गम्भीरतापूर्वक लिएको सचेतक प्रकाशचन्द्र परियारले बताए । उनका अनुसार रास्वपा पार्टीले विधि पछ्याउने तर गलत गतिविधि गर्नेलाई रक्षा गर्ने छैन । ‘अडियोमाथि छानबिन हुन्छ । यदी त्यो सम्बन्धित व्यक्तिको हो भन्ने प्रमाणित भयो भने पार्टी एउटा व्यक्तिको पछि सती जान सक्दैन’ परियारले भने ।
