भारतबाट ल्याउँदै गरेको १५ लाख बराबरको अवैध मदिरा बरामद
सहयात्रा टिभी
काठमाडौँ । असोज २९, प्रहरीले नवलपरासी पश्चिमबाट झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ।

भारतबाट भन्सार छली ल्याइएको अवस्थामा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा गएराति बरामद गरिएको प्रहरीले जनाएको छ।
भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा हरियो ठूलो झोलामा ल्याइएको मदिरा बरामद भएको हो।
गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा मदिरा फेला पारेको बताइएको छ।
बरामद रक्सीमा ‘ओल्ड मंक’ ७५० एमएलका ७४२ बोतल छन्। यो रक्सीको प्रति बोतल अनुमानित मूल्य २ हजार रुपैयाँ पर्ने अनुमान प्रहरीको छ। बरामद मदिरा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।
