एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ । करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले व्यापक परिवर्तन ल्याएको छ ।

पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ । यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।

प्रकाशित : 26 October, 2026

प्रतिक्रिया दिनुहोस्