नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण आज

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम आज गर्ने तयारी भएको छ ।

सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् । गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । त्यो केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाले पद तथा गोपनीयताको शपथ लिएका छैनन् । निर्वाचित भएको प्रमाणपत्र पनि पाएका छैनन् ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापति बाहेकका पदाधिकारी र सदस्यको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम आज दिउँसो २ बजे गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित : 29 October, 2026

प्रतिक्रिया दिनुहोस्