एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ । आजको खेलमा जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा पोखरा पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन् । यसअघिका खेलमा जनकपुरले एकमा जित र एकमा हार बेहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौँ गोर्खाजलाई हराएको थियो ।

यस्तै, पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।

प्रकाशित : 1 November, 2026

प्रतिक्रिया दिनुहोस्