भारतीय राजदूत दलेलालाई अधिकारीहरूले गरे स्वागत

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।

भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।

भोलिबाट भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनु अघि नै राजदूत जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रुपमा कार्यरत थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिव स्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवत: पहिलोपटक हो ।

२०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रुपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रुपमा तीन वर्ष सेवा गरेका थिए ।

हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्छन् । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित : 3 November, 2026

प्रतिक्रिया दिनुहोस्