अमेरिकाको मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता, पाँच राज्यमा जितको अनुमान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, अमेरिकामा मिडटर्म (मध्यावधि) चुनावको मतदान सकिने क्रमसँगै प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले पाँच राज्यमा उल्लेख्य अग्रता हासिल गर्ने अनुमान गरिएको छ ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन ओसफ जर्जियाको महत्त्वपूर्ण सिनेट सिटमा विजयी हुने सम्भावना देखिएको छ । मिडटर्म चुनावका प्रारम्भिक प्रमुख नतिजामध्ये यसलाई महत्त्वपूर्ण मानिएको छ । प्रारम्भिक अनुमानअनुसार जर्जियामा ओसफले ६५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ ।

सबैको ध्यान नर्थ क्यारोलिना, साउथ क्यारोलिना र ओहायोका सिनेट सिटमा केन्द्रित छ । यी राज्यमा मतदान भर्खरै सम्पन्न भएको छ । आगामी केही घण्टाभित्र थप २० राज्यमा पनि मतदान सकिनेछ ।

यसैबीच, बीबीसीका उत्तर अमेरिकास्थित संवाददाताका अनुसार एक ठूलो सर्वेक्षणमा अधिकांश मतदाताले देशको आर्थिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अर्थतन्त्रप्रतिको यही असन्तुष्टिले डेमोक्रेटिक पार्टीलाई चुनावमा केही राहत मिल्ने अनुमान गरिएको छ ।

यस चुनावमा अमेरिकी प्रतिनिधिसभाका सबै ४ सय ३५ सिट, सिनेटका १ सय मध्ये ३५ सिट र राज्यस्तरका विभिन्न पदका लागि मतदान भइरहेको छ । तीमध्ये गभर्नर पदका लागि पनि निर्वाचन हुँदैछ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गरेको छ ।

प्रकाशित : 4 November, 2026

प्रतिक्रिया दिनुहोस्