भोटेकोशी बाढीमा क्षतिग्रस्त सवारी फेला नपर्दा बीमा दाबी प्रक्रियामा जटिलता

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, रसुवा(भोटेकोशीको विनाशकारी बाढीमा बगेका सवारीसाधनको भौतिक अवशेष फेला नपर्दा बीमा दाबी प्रक्रियामा कानुनी तथा प्राविधिक जटिलता देखिएको छ ।

१० भदौमा आएको विनाशकारी रसुवा(भोटेकोशी बाढीका कारण ४ सय ९ सवारीसाधन क्षतिग्रस्त भएको पाइएको छ । यातायातसँग सम्बन्धित ७ सय ८२ मानवीय क्षति भएको छ । सवारी साधनमध्ये सबैभन्दा धेरै अर्थात् ३ सय ११ कन्टेनर छन् ।

सार्वजनिक यातायात सम्बद्ध क्षेत्रमा बाढीले गरेको क्षति मूल्यांकन गर्न गठन भएको क्षति मूल्यांकन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार कतिपय सवारीसाधनको बीमा नै नभएको र बीमा भएकाको समेत अवशेष फेला नपर्दा दाबी भुक्तानीमा जटिलता देखिएको छ । बाढीले सवारीसाधनतर्फबाट १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबर क्षति मूल्यांकन भएको छ । अझै २५ सवारीसाधनको क्षति मूल्यांकन हुन नसकेको तथ्यांकले देखाएको छ ।

क्षति मूल्यांकन हुन नसकेका सवारीमध्ये १७ वटा कन्टेनर छन् । कुल ३ सय ४४ कन्टेनरमध्ये क्षति मूल्यांकन भएका ३ सय २७ कन्टेनरमा अनुमानित १ अर्ब १६ करोड २२ लाख १९ हजार ८ सय ७८ रुपैयाँ बराबर क्षति भएको छ ।

३ सय ४४ वटै कन्टेनर बाढीमा बेपत्ता भएर पूर्णक्षति भएको अवस्था छ । यसबाहेक टिपर ३, जिपरभ्यानरटाटा सुमो ५ गरी कुल २५ सवारीको मूल्यांकन हुन बाँकी छ ।

प्रतिवेदन अनुसार सवारीको प्रकृति अनुसार न्यूनतम २ लाखदेखि अधिकतम ९० लाख रुपैयाँसम्मको क्षति भएको छ । बाढीमा पर्यटक बससमेत बगेका थिए । यस्ता बसको क्षति ९० लाखसम्म मूल्यांकन गरिएको छ । कन्टेनर र ट्रकमा भने १६ लाखदेखि ७० लाख रुपैयाँसम्म क्षति भएको छ ।

यी सवारीमध्ये धेरैका बीमा भएको छ । तर, केही टिपरको तेस्रो पक्ष बीमामात्र रहेको पाइएको छ । मोटरसाइकल र अन्य केही सवारीका हकमा विवरण अझै खुल्न बाँकी रहेको प्रतिवेदनले देखाएको छ । यी सवारी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा खरिद गरिएका थिए ।

समितिले यातायात व्यवस्था कार्यालयको सवारी दर्ता अभिलेख, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरीको क्षति वा बेपत्ता सम्बन्धी प्रहरी मुचुल्का र स्थलगत मुचुल्काका आधारमा तथ्यांक प्रमाणीकरण गरेको बताएको छ ।

यसबाहेक बेपत्ता तथा मृत्यु भएकाको हकमा स्थायी बसोबास भएको स्थानीय तहले प्रदान गरेको सिफारिस, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रभावित प्रदेश सरकार तथा स्थानीय सरकारबाट गरिएका अध्ययन र क्षति मूल्यांकन प्रतिवेदन समेत आधार बनाइएको छ । सम्बन्धित बीमा कम्पनीबाट भएका क्षति मूल्यांकन प्रतिवेदनलाई समेत समितिले प्रमाणीकरणको आधार बनाएको छ ।

बीमा भुक्तानीमा समितिको सुझाव

समितिले बीमा भएका सवारीसाधनका हकमा बीमा लेख, सर्त अनुसार उल्लिखित बिमांक रकम सम्बन्धित बीमा कम्पनीबाट दाबी भुक्तानी गरिनुपर्ने सुझाव दिएको छ ।

बाढीमा बगेर बेपत्ता भई भौतिक अवशेष फेला नपरेका सवारीलाई प्रहरी प्रतिवेदन र यातायात कार्यालयको अभिलेखनका आधारमा कुल क्षति मानी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

बीमा नभएकालाई के दिइयो सुझाव रु

तेस्रो पक्ष बीमामात्र भएका वा बीमा नभएका सवारीका हकमा सवारी निर्माण वर्ष, हालको बजार मूल्य र क्षतिको स्तरका आधारमा मूल्यांकन गरी नेपाल सरकार ९विप्द व्यवस्थापन कोष० बाट विशेष राहत प्याकेज उपलब्ध गराउन समेत समितिले सिफारिस गरेको छ ।

धितोमा रहेका सवारी पूर्णरूपमा नष्ट वा बेपत्ता भएकाले बीमा दाबी भुक्तानी नहुँदासम्म व्यवसायीलाई किस्ता र ब्याज तिर्न कठिनाइ भएकाले सोही अवधिको ब्याज तथा हर्जाना मिनाहा र कर्जा पुनर्संरचना गर्न उपयुक्त हुने समेत प्रतिवेदनमा उल्लेख छ ।

यात्रु र चालकरसहचालकलाई ५ लाख राहत दिन सिफारिस

समितिले बाढीको घटनामा परी वबपत्ता सवारी चालक, सहचालक तथा यात्रुका हकमा प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन तथा सरकारको विपद् राहत मापदण्ड बमोजिम तत्काल राहत र क्षतिपूर्ति खर्च उपलब्ध गराउन भनेको छ ।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएका चालक, सहचालक, मजदुर तथा यात्रुको परिवारलाई कम्तीमा प्रतिमृतक ५ लाख आकस्मिक राहत उपलब्ध गराउन समितिले सिफारिस गरेको छ ।

प्रकाशित : 27 November, 2026

प्रतिक्रिया दिनुहोस्