इरानमा यात्रुबाहक विमान दुर्घटना
सहयात्रा टिभी
फागुन ६, इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । बीबीसीले जनाएअनुसार बिमान सेमिरोमको पहाडी क्षेत्रमा दुर्घटना भएको भएको हो । खराब मौसमका कारण उद्धारका लागि हेलिकप्टर पठाउन पनि समस्या भइ रहेको बताइएको छ ।
उक्त प्लेन एसमन एयरलाइन्सबाट सञ्चालित थियो । बिमान स्थानिय समय अनुसार बिहानको ५ बजे उडेको थियो भने उडेको २० मिनेट पछि नै सम्पर्क भन्दा बाहिर गएको थियो ।