पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरुको ‘बिहे’
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन -८, पोर्न स्टार बन्ने भनेर एकपटक चर्चा तथा आलोचनामा आएकी अर्चाना पनेरु केही समयता गुमनाम रहेकी थिइन् । अहिले उनी बिदेशी नागरिक सँग बिहे गरेको फोटो हालेर पुन चर्चामा आएकी छिन् । उनले केही दिन अगाडी विवाहको फोटो हालेर ‘जस्ट म्यारिड’ भनेर लेखेकी थिइन् ।
फेरी अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी छिन् । अर्चनाका अनुसार उनका दुलाहा अमेरिकाको क्यालिफोर्निया निवासी उल्फ प्राइस हुन् । केही समय अगाडी पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी उनको चौतर्फी आलोचना भएको थियो । उनले मोड्लिङ् र नेपाली फिल्ममा समेत डेभ्यु गरिसकेकी छिन् ।