जुम्लाको एक स्टेसनरीमा आगलागी हुँदा ४२ लाख बराबरको क्षति

जुम्ला । फागुन-९, जुम्ला बजार स्थित कार्कीबाडाको जीपी स्टेसनरी आगलागी भएको छ । बिद्युत सर्ट भइ शुरु भएको उक्त आगलागीमा पसलमा भएका विद्यालयका सामाग्री जलेर नष्ट भएका छन् । सोमबार बिहान करिब ४ बजे तिर शुरुभएको आगोले पसलका लाखौँ रुपैँया पर्ने लाखौँको सामाग्री नष्ट भएको हो ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब एक घण्टापछि नियन्त्रणमा आएको उक्त आगलागीबाट ४२ लाख ४९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पसलमा रहेको सामुदायिक तथा नीजि विद्यालयका नयाँ पाठ्यपुस्तक नयाँ भवनमा शुरक्षित गरिएतापनि अन्य पसलको अधिकांश अन्य सामान जलेर नष्ट भएको छ ।