इलाम जीप दुर्घटना : १२ जना घाइते

सहयात्रा टिभी

इलाम । इलामको रोङ्ग गाउँपालिकामा जीप दुर्घटना हुदां १२ जना घाइते भएका छन् । बिर्तामोडबाट इलामको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । जीप ब्रेकफेल भई सडकवाट करिव ५० मिटर तल खसेको जनाइएको छ ।

सो जीप दुर्घटनामा गाडी चालकसहित नवदुलही समेत घाइते भएकी छिन् । घाइतेहरुको उपचारका लागि झापाको बी एण्ड सी हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 21 February, 2018

प्रतिक्रिया दिनुहोस्