राष्ट्रिय परीक्षा बोर्डको डा केसीलाई जवाफ : प्रधान्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र हेर्न पराजुलीकै सहमति चाहिने

काठमाण्डौँ । फागुन-११, डा गोविन्द केसी लगायतले माग गरेको प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डले पराजुलीको सहमति बिना दिन नमिल्ने बताएको छ । २०७४ माघ २५ सुचनाको हक अन्तर्गत पराजुलीको शैक्षिक प्रमाणपत्र माग गर्दै निवेदन दिएका थिए । सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सार्वजनिक सरोकारको सूचना नागरिकले मागेको अवस्थामा तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख भएता पनि बोर्डले पराजुलीको लिखित सहमति ल्याएमात्र दिन मिल्ने बताएको छ।