यस हप्ताका समाजिक संजालबाट केही बिचारहरु
सहयात्रा टिभी
यो हप्ता हामीले सामाजिक संजालमा भेटेका केहि बिचारहरु :
Binaya Jyoti

निश्पट अध्यारोले सारा सन्सार छोड्दै गर्दा
मेरो मनमा उज्यालोको आश पलाएको!
एकान्त, सुुनसान भोरको चिसो हावाले कपाल, लुगा र जागें हल्लिरहेछन।
शक्ती नपाएको मुटुले वल गरेर पुर्याएको रगतले मेरो खुट्टा हल्लिदै गर्दा
यै झुंडले मलाई आक्रमण गर्यो
हजारौंको भीडमा एक्लै छु
मृत जीवहरु छन यहाँ, पर्खाल पछाडी
अंहं म मान्दिन ‘ म बाहिर र उनिहरु भित्र छन भन्ने कुरा।’
किनकी उनिहरु पनि हिजो यै वाटो भएर गएका हुन।
यस्तौ, यस्तै दर्शनहरुले जन्म लिदै गर्दा,
यै झुन्डले मलाई आक्रमण गर्यो।
चिसोमा भाई;भाई भन्दै माया देखाउने
फुड स्टोरमा भेटेको जुठो पाउरोटी खोसी खोसी खाने उसले
सन्सारलाई नेपाल बन्दको सन्त्रास देखायेर,
सारा अस्त्र नकाम बनाइ, एक्ल्याएर, गजल्ट्याउदै;
यै झुन्डले मलाई आक्रमण गर्यो!
Purnima Parajuli

केहि काम,केहि सम्बन्ध बिग्रियो भनेर आसु झार्ने ,मन दुखाउने नगर्नुस ।खुशी हुन सिक्नुस ,मन बुझाउन सिक्नुस नया बिकल्प रोज्नुस।हजुरहरुलाइ नै थाछ नि पोखिएको दुधमा दुख मानेर केहि हुदैन ।बरु छिटो पोछा लगाए चिप्लिएर लोटिन्न ,माखा लाग्दैन।हैन्त……
सृजन @sharma_srijan

हाँसो र रोदन दुईवटा त्यस्ता शब्द हुन जसले मान्छेको पुरै जिवनलाई समेटेको हुन्छ,
रुँदै जन्मेको मान्छे हाँस्दै मरूँ भन्ने आशा का साथ हिडीरहेको हुन्छ ।
Nirajan Aayadi

यसले जित उसले हार्छ भन्न नसकिने खेल नै क्रिकेट भएकाले क्रिकेटमा जे पनि हुन्न सक्छ
के थाहा नेपालले सुपर सिक्स मात्रै नभई बिश्व कप नै खेलछकि
साेचेकाे जस्तो हाेस्
शुभ यात्रा सम्पूर्ण खेलाडीहरू लाई


