आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आइपिओ निष्काशन, फागुन २१ देखि २९ सम्म आवेदन दिन मिल्ने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -१५, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री खुल्ला गरेको छ। फागुन २१ देखि २९ सम्म आवेदन दिन मिल्ने गरी प्रतिकित्ता १ सय रुपैयाँ मा कम्पनिले २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गरेको हो। बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आइपिओ निष्काशनपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात् ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्काशनको ५ प्रतिशत अर्थात् १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्याइएको छ।
आइपिओ भर्नका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाण्डौँ तथा संस्थाको केन्द्रिय कार्यलय बनेपा काभ्रे तथा सि–आस्वामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ।

प्रकाशित : 27 February, 2018

प्रतिक्रिया दिनुहोस्