राजपालाइ फकाउने कांग्रेसको प्रयास, माग पूरा नभए जेठ ३१ मा चुनाव हुन नदिने राजपाको धम्की 

सहयात्रा टिभी

काठमाडौं । राजपा अर्थात राष्ट्रिय जनता पार्टीले जेठ ४ गते भित्र संविधान संशोधन नगरे दोस्रो चरणको निर्वाचन हुन नदिने धम्की दिएकाबेला बुधवार दिनभर कांग्रेस र राजपा नेताहरुबीच घनिभूत छलफल भएको छ । कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा यथाशीघ्र राजपाको माग बमोजिम संविधान संशोधन गर्ने, त्यसका लागि दुइ तिहाइ पु¥याउन दलहरुसंग छलफल अघि बढाउने, दोस्रो चरणको निर्वाचनमा राजपालाइ सहभागी गराउन चुनाव चिन्हका लागि निर्वाचन आयोगलाइ आग्रह गर्ने लगायतका विषयमा छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा नयाँ सरकार कांग्रेस नेतृत्वमा बन्ने भएकाले त्यसमा राजपाको सहभागिताबारे समेत छलफल भएको बुझिएको छ । नेता पौडेलले बिहीबार यी बिषयमा राप्रपासंग पनि छलफल गर्ने जानकारी दिनुभयो । राजपा नेतहरुले भने आफना माग सम्बोधन नभए जेठ ३१ को चुनाव हुन नदिने चेतावनी दिएका  छन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्