घरेलु तथा साना उद्योग कार्यालय प्रमुख घुस लिँदालिँदै रंगेहात पक्राउ

लहान । फागुन १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहानका घरेलु तथा साना उद्योग कार्यालय प्रमुखलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले बुधबार साँझ कार्यालय प्रमुख राजेन्द्रकुमार लाल कर्णलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो । मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानका एक कर्मचारीबाट २ लाख रुपैया घुस लिने क्रममा उनलाई लहानको ग्रामीण चोकबाट घुससहित अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।
होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ जसमा कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।