अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनाबाट २६ लाख ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राऊ गरेको छ । दाङ् घर भएका ४१ बर्षीय छविलाल चौधरी र उनकी श्रीमती सुभद्रा कर्माचार्यले मेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिलाउने आश्वासन दिलाउँदै उक्त रकम ठगी गरेका थिए ।
उनीहरुले इन्स्टिच्युट अफ इन्फिनिटिजम संस्थाको निमन्त्रणा पत्रसमेत बनाएर २६ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भएका थिए । तर २६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरु विरुद्द ठगी मुद्दा लगाएको छ ।