मन्त्री पण्डितको युरो ३ मापदण्डको सवारी साधन हटाइ युरो ४ मापदण्डका सवारी स्थापित गर्ने योजना
सहयात्रा टिभी
काठमाण्डौँ । फागुन १९, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्रदुषण नियन्त्रण गर्न सवारी साधन आयातमा पनि मापदण्ड बनाउने तयारी शुरु गरेका छन् । सवारी बाट हुन प्रदुषण नियन्त्रणका लागि कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था ल्याउन गृहकार्य शुरु गरेका हुन् ।
युरो ४ मापदण्डको गाडीले कममात्रामा धुवा फ्याँक्ने र युरो तीन या सो भन्दा मुनिका मापदण्डका सवारी साधनले भन्दा स्वास्थ्यमा कम असर गर्दछ । अर्कोतर्फ नेपाल आयल निगमले पनि युरो ४ मापदण्डको इन्धन आयात गर्न सुरु गरिसकेको छ जसले युरो ४ भन्दा कम मापदण्डको गाडी आयातमा प्रतिबन्ध गर्न सजिलो हुने देखाएको छ ।
नेपालमा सवारीको सवैभन्दा ठूलो निर्यातकर्ता भारतले पनि गत वर्ष देखी युरो ३ मापदण्डसम्मका गाडी उत्पादनमा प्रतिबन्ध लगाइसकेको छ ।