इलाममा दुई संचारकर्मीमाथि कुटपिट

सहयात्रा टिभी

इलाम । फागुन २४, इलामको गोलबस्तीमा २ जना सञ्चारकर्मीहरु माथि कुटपिट भएको छ । चियाबारी एफएमका बजार प्रबन्धक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई राति करिब १० बजे एफएमबाट घर फर्कने क्रममा रविन मगर सहितको समुहले आक्रमण गरेका हुन । कुटपिटमा परेका पाठकको टाउको, हात र खुट्टामा चोट लागेको र अर्का प्रकाश न्यौपानेलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
उनीहरुमाथि आक्रमण गर्ने मुख्य रविन मगर लगायतको समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पाठकलाई थप उपचारको लागी वि एन्ड वि अस्पताल विर्तामोड पठाउने बताइएको छ ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्