विश्वकप क्रिकेट छनोटमा नेपाल स्कटल्याडसँग ४ विकेटले पराजित

सहयात्रा टिभी

​काठमाण्डौँ । नेपालले आइसीसी विश्वकप क्वालिफायर्स अन्तर्गत आजको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । दोस्रो हारसँगै नेपालको सुपर सिक्समा पुग्ने लक्ष्य पूरा नहुने भएको छ । नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० तथा रिची बेरिंगटनले एक रन बनाए ।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २(२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १(१ विकेट लिएका थिए ।

यसअघि स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा १० चौकासहित ६३ रन बनाए ।

लगातार तीन खेलमा जित निकालेको स्कटल्याण्ड सुपर सिक्समा पुगेको हो । नेपालले शनिबार हङकङसँग खेल्ने कार्यतालिका रहेको छ ।

प्रकाशित : 8 March, 2018

प्रतिक्रिया दिनुहोस्