एनआइसी एशिया बैङ्कसँग २७ बैङ्कले अन्तर बैङ्क कारोबार बन्द गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -२५, एनआईसी एशिया ब्यांकसँग अन्य २७ बैङ्कहरुले अन्तर बैङ्क कारोबार बन्द गर्ने भएका छन् । एनआईसी एशिया बैङ्कले नेपाल ब्यांकर्स संघको निर्णय विपरित बचत र मुद्दती निक्षेपमा ग्राहकहरुलाई दिने तोकिएको ब्याजदरको सीमा उल्लंघन गरेको भन्दै यस्तो निर्णय लिएको हो । संघले बचत खातामा ८ र अन्य मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेता पनि एनआईसी एशियाले यसको उल्लंघन गर्दै बचतमा १० र मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरे पछि संघले कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 9 March, 2018

प्रतिक्रिया दिनुहोस्