बेपत्ता रहेका व्यवसायी मुखियाको शब फेला
सहयात्रा टिभी
झापा । फागुन -२९, नौ दिन देखी हराइरहेका झापाका सुनचाँदी ब्यवसायी साजन मुखियाको शब सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा फेला परेको छ । फागुन २० गते बजार सम्म जाने भनि निस्किएका मुखिया त्यस यता हराइरहेका थिए । उक्त घटनाको विरोधमा सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघले आज एक दिनका लागि बजार बन्द गराएका छन् ।
मुखियाको शव सोमबार मेची राजमार्गदेखि ५० फिट तल बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला परेको हो ।