श्रीलंकामा संकटकाल हटाइयो

सहयात्रा टिभी

चैत्र -४, यो महिना श्रीलङ्कामा लगाइएको संकटकाल  हटाइएको छ ।

मुसलमान धर्मावलम्बीहरु विरुद्द हिंसा भड्किए पछि श्रीलंका सरकारले पहिलो पटक देशभर संकटकाल घोषणा गरेको थियो ।देशको मध्य भागमा पर्ने बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्षेत्रमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि हिंसा भड्किएको थियो जसमा कैयौँ मानिसहरूले ज्यान गुमाएका थिए। हिंसाको क्रममा मुसलमानहरूको व्यापार गृह र मस्जिदहरूमा तोडफोड र आगजनी हुनुका साथै स्थिति नियन्त्रण बाहिर जानाले सैनिक परिचालन गरिएको थियो भने सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो।
राष्ट्रपति सिरिसेनाले आइतवार ट्वीट गर्दै सुरक्षा व्यवस्था चुस्त एवं नियन्त्रणमा रहेको बतादै संकटकाल हटाउने निर्णय गरेको जानकारी दिएका थिए।

प्रकाशित : 18 March, 2018

प्रतिक्रिया दिनुहोस्