ला लिगा बार्सिलोना र रियल मर्डिड विजयी, रोनाल्डोको ४ गोल

सहयात्रा टिभी

चैत्र-५, ला लिगा अन्तर्गतको आइतबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा यो सिजनको अपराजित बार्सिलोनाले एथ्लेटिकोलाई २ -० ले हरायो । जितको लागि बार्सिलोनाका फ्रान्सिस्को अल्कासर ८ औं र लियोनल मेसीले ३० औ मिनेटमा गोल गरि टिमलाई जिताएका थिए । यो खेल सँगै अंक तालिकामा बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ ।

यसैगरी गए राति नै भएको अर्को खेलमा रोनाल्डोले करियरको ५०औँ ह्याट्रिक गर्दै चार गोल गरेपछि रियल मड्रिडले गिरोनालाई ६-३ ले पराजित गरेको छ। बर्नाबेउमा भएको खेलमा रोनाल्डोले ११औँ ४७औँ ६४औँ र ९०औँ मिनेटमा गोल गरे। रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे भने बेल र लुकासले १-१ गोल गरे।गिरोनाका लागि क्रिस्टियन स्टुनीले २९ औं र ६७ औं मिनेटमा २ गोल गरे भने रामिरेज लोपेजले ८८ औं मिनेटमा गोल गरे।

प्रकाशित : 19 March, 2018

प्रतिक्रिया दिनुहोस्