देशलाई तीन वर्षभित्र कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने : मन्त्री चक्रपाणि खनाल

सहयात्रा टिभी

काठमाडौँ । चैत -६, कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषिक्षेत्रमा रासायनिक पदार्थ रोक्नका लागि विशेष कार्यक्रम बनाउने वताउनु भएको छ । मन्त्री खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ ।

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले तीन वर्ष भित्र देशलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीको प्रयोग छिटै रोक्ने बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन सके विदेशबाट कृषिजन्य उत्पादन आयात गर्नु नपर्ने हुँदा व्यापारघाटा पनि घट्ने बताउनु भयो ।
मन्त्री खनालले पाँच वर्षभित्र देशमा प्रांगारिक उत्पादन वृद्धि गरी निर्यात बढाउने योजना रहेको समेत बताउनु भयो । कृषिमा आत्मनिर्भर हुनका लागि कृषिमा आधुनिकिकरण हुनु पर्ने कुरामा पनि उनले जोड दिनुभएको थियो ।

प्रकाशित : 20 March, 2018

प्रतिक्रिया दिनुहोस्