म्यानमारका राष्ट्रपतिको राजिनामा

सहयात्रा टिभी

चैत ७ – म्यानमारका राष्ट्रपति उ तिन कायले राजिनामा दिएका छन् । राष्ट्रपतिले अस्वस्थताको कारण पद पदबाट राजिनामा दिइएको बताइएको छ ।

म्यानमारमा बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यतिन्जेल सम्मको लागि वर्तमान उपराष्ट्रपति मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ । विगत केही समय देखी ७१ वर्षीय च्वको स्वास्थ्य अवस्था खस्किँदै गएको थियो ।

प्रकाशित : 21 March, 2018

प्रतिक्रिया दिनुहोस्