बुधवार नेप्से २४.४० अंकले घट्यो, कारोवारमा भने सुधार

काठमाण्डौँ । चैत-७, बुधवार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २४.४० अंकले घटेर १२३१.०७ मा पुगेको छ जुन २ वर्ष यताकै न्युन हो । यद्यपी कारोबार रकम भने ४ करोड ९४ लाख बढेर रू ३७ करोड ८३ लाख पुगेको छ जुन अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँबढी हो ।
बैंकहरुको ब्याज दोहोरो अंकले बढ्नुले पनि शेयर बजारमा नकारात्मक असर परेको देखिन्छ ।
उत्पादन तथा प्रशोधन समूह बाहेक आज सबै समूहको परिसुचक घटेको छ जसमा सबैभन्दा बढी बीमा समूह १८६ अंकले घटेका छन् । कारोबारका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ ।