कथा : पशुपति को आरती
दीपा पौडेल
तनाब दोधार पीडा र अभावले भरिएको टाउको लिएर लर्बरिदै सन्जय पशुपतिको आरती तिर लम्किन्छ। मान्छे भगवानको आरती पनि स्वार्थकै लागि गर्छ,आफ्नो पीडा तनाब कम होस भनेर गर्छ, मनमनै सन्झिम्छ।
उसलाई मर्नसग अति डर लाग्छ! चाहे आफू होस् या आफ्नो कोहि प्यारो मान्छे मरेको कल्पना गर्दा सम्म पनि ऊ बेचैन हुन्छ निदाउन सक्दैन !
पशुपती पुग्दा नपुग्दै देखिको लास को गन्ध ले उस्लाइ सिथिल पार्न सुरु गरिहाल्छ, ऊ लास जलेको हेर्न चाहदैन गन्ध सुघ्न चाहदैन अनि आफन्तको चित्कार सुन्न चाहदैन किनकी ऊ मरणलाई ‘खानु’ ‘बिर्सजन गर्नु’ भनेजस्तै “मर्नु” भनेर सामान्य रुपले लिन सक्दैन उसलाई लाग्छ मृत्युको भय सन्सारको सबैभन्दा ठुलो भय हो ! उस्लाइ थाहा छ मृत्यु यसलाई जित्न सकिँदैन यो अनिवार्य छ निस्चय छ।
करिब २०-२२दिन अगाडि ऊ आफ्नो स्टाफसग पशुपति आउदा उस्ले सन्जयलाइ विचलित र बेचैन देखेर सम्झाको थियो “मृत्यु सामान्य प्राकृतिक प्रकृया हो ,अनि निस्चित पनि यस्को निस्चितता र अनिवार्यतालाई सहज स्विकार गर्नु नै जिउनु हो,जिउन सिकूउ फेरि सोच्न थाल्छू के मृत्युलाई सामान्य लिनु मतलव मर्नसग नडराउनु होर? आफन्तमा कोहि मर्छ नहड्बडाइ सान्त रहनु हो? कि फेरि मुलसडक बेफिकर सवारी चलाउनु,बाटो काट्नु होर? कि बाच्न कुनै समस्या भए आत्महत्या गर्नु होर? आफैले आफैलाइ दोधारमा पार्छ निस्किने बाटो देख्दैन ठिक त्यतिनै बेला पछडिबाट एउटा खुट्टा नभाको बाजे उसग केही माग्छन् अनि पछाडीबाट एउटि अधबैसे मानसिक सन्तुलन बिग्रेकी धकेल्दै बर्बराउदै अघि बढछे ।
ऊ फेरि सोच्न थाल्छ हैन ,मान्छे बाच्नलाइ नै यो सब गर्छन् अर्थात मर्नसग डराउछ्न मर्न चहदैनन ,आरती सुरु हुन्छ चारैतिर भोलेनाथ को जयजयकारले उस्का कान पबित्र हुन्छन्।
ऊ आफ्नो तनाव पीडा दबाब र अभाव लाई भोलेनाथको चरणमा समर्पण गरेर मुक्त हुन चाहन्छ।आरति सुरु भए सगै उस्को मनस्थिति परिवर्तन हुँदै जान्छ बिस्तारै। जब एकदिन मर्नुनै छ कैले मर्नु छ त्यो पनि त टुंगो छैन अनि यति धेरै तनाब चिन्ता के का लागि? मान्छे खुसी भएर बाच्नुपर्छ।आफ्नो मर्जिमा बाच्नुपर्छ! हिजो के भयो भोलि के होला भन्दा पनि आजलाइ सुन्दर बनाउनु पर्छ ।यतिकैमा पत्निको फोन आउँछ “तिमी नआइ म खाना खान्न “,यो गलत हो उस्लाइ भन्न मन लाग्छ
सबैले आफ्नो खुसी गर्न पाउनु पर्छ। तर भन्न सक्दैन किनकी उस्लाइ पत्निको औधी माया लाग्छ अनि पत्नी पनि उस्लाइ अति माया गर्छे।यो माया प्रेम यी सब बन्धन हुन,यी सबले ब्यक्तिको स्वतन्त्रता र खुसी कब्जामा पारेर राख्छ जे मन लाग्दैन त्यो गराउछ जे मन लाग्छ त्यो गर्न दिदैन ।
ऊ फेरि सान्त बनेर रहन खोज्छ,छेउमा उभिने एउटि दिदिले उस्लाइ जोडले धक्का मार्छिन खुट्टा पनि टेक्छिन तर ऊ धैर्य गर्छ,लामो सास फेर्छ अनि मनमनै दिमागलाइ सम्झाउछ “जो सग जति छ मान्छे ले त्यति नै दिन्छ त्यही नै गर्छ जति उस्को दिमाग ले भ्याउछ”।“म आजैदेखी आफुलाइ सम्यमित बनाउछु रिस क्रोध जस्ता कुरा हरुलाइ नियन्त्रणमा राख्छु “मन मनै प्रण गर्छ ,आरती सकिन्छ र उस्को मनको बोझ पनि उस्लाइ हल्का महसुस हुन्छ।
घरबाट फेरि पत्निको फोन आउँछ“घरबेटिले ऐले पनि भाडा मागे”गोजि छाम्छ भाडा तिर्न भनेर साहुसग एडभान्स मागेको २० हजार पर्स सगै हराएको पाउछ तब ऊ कुनै सिद्धान्त कुनै प्रण याद गर्न सक्दैन आक्रोसित हुन्छ भयवित हुन्छ र चिच्याउछ “चोरी भयो”फेरि उस्का सारा समस्या पीडा दोधार उस्लाइ जिउ का तिउ भएझै लाग्छ ,टाउको उसैगरी भारी हुन्छ अघिको भन्दा दोब्बर मन असान्त हुन्छ बेचैन हुन्छ अनि थकित हुँदै घर फर्कन्छ। पहिलाको जस्तै असम्यमित जड्यहा लाचार सन्जय को रुपमा!