डीपीएल काठमाडौंको लगातार तेस्रो जित, अत्तरिया ११ रनले पराजित

सहयात्रा टिभी

धनगढी । चैत्र २१, धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाइसी अत्तरियालाई ११ रनले हराउँदै काठमाडौं गोल्डेन्सले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ। बुधबार भएको खेलमा काठमाडौंले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन बनाउँदै ११ रनले पराजित भएको हो । काठमाण्डौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए भने नरेश बुढायरले २७ रन र रसिद खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यान हरुले दोहोरो रन छुवाउन सकेनन् । बलिङतर्फ काठमाडौंका सुवोध भाटीले ३ विकेट, सनि पटेल र रासिद खानले २ विकेट र सहाल अलामले १ विकेट हात पारे।

अत्तरियाका लागि गौरव चितकार ३६ रन, सन्दीप जोराले २१ रन, शुभान्कर उरावले १२ रन र विपिन चन्द्राले नटआउट २६ रन बनाउनु बाहेक अन्य खेलाडी बाहेक अरु खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ अत्तरियाका शुभान्कर उरावले ३ विकेट, कृष्ण कार्की र विपिन चन्द्रले २–२ विकेट र कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पार्न सफल रहे ।

प्रकाशित : 4 April, 2018

प्रतिक्रिया दिनुहोस्